New KCC City Clinic —  New Baneshwor → is now open.
हेमाटोलोजी अंकोलोजी (रक्त रोग) · नेपाल

नेपालमै रगत क्यान्सरको
अत्याधुनिक उपचार

ल्युकेमिया (Leukemia), लिम्फोमा (Lymphoma), र मल्टिपल माइलोमा (Multiple Myeloma) जस्ता सबै प्रकारका रगत र बोन म्यारो क्यान्सरको विशेषज्ञ उपचार अब काठमाडौंमै। नेपालमै पहिलो पटक CAR-T सेल थेरापी पनि उपलब्ध।

CAR-T सेल थेरापी सेवा अत्याधुनिक प्याथोलोजी ल्याब बरिष्ठ हेमाटोलोजिस्ट (रक्त रोग विशेषज्ञ) बालरोग रगत क्यान्सर सेवा
६+ विभिन्न रगत क्यान्सरहरू
CAR-T नेपालमै पहिलो पटक
विशेषज्ञ डाक्टरहरू
रगत क्यान्सर उपचार नेपाल — KCC हेमाटोलोजी विभाग

काठमाडौं क्यान्सर सेन्टर (KCC) रगत क्यान्सर विभाग — मुख्य जानकारी

उपचार हुने रोगहरू ल्युकेमिया (ALL, AML, CLL, CML) · हजकिन्स र नन-हजकिन्स लिम्फोमा · मल्टिपल माइलोमा (बोन म्यारो क्यान्सर) · एप्लास्टिक एनिमिया · बालबालिकाको रगत क्यान्सर
CAR-T थेरापी नयाँ बानेश्वर स्थित KCC सिटी क्लिनिकमा उपलब्ध — बल्झिएको वा अन्य औषधिले काम नगरेको क्यान्सरको लागि नेपालमै पहिलो विशेष सेवा।
विशेषज्ञ टोली डा. सचीता बनिया (हेमाटोलोजी तथा मेडिकल अंकोलोजी विशेषज्ञ) · डा. रितु लामिछाने (बालरोग रगत क्यान्सर विशेषज्ञ - टाटा मेडिकल सेन्टरबाट फेलोसिप प्राप्त)
अत्याधुनिक ल्याब बोन म्यारो बायोप्सी (Bone Marrow Biopsy) · फ्लो साइटोमेट्री (Flow Cytometry) · मोलिक्युलर मार्कर (BCR-ABL, JAK2 आदि) · SPEP परीक्षण।
बोन म्यारो ट्रान्सप्लान्ट KCC मा बोन म्यारो ट्रान्सप्लान्ट (BMT) युनिट तीव्र रूपमा निर्माण भइरहेको छ। हाल ट्रान्सप्लान्ट अघिको सम्पूर्ण तयारी र स्क्रिनिङ नेपालमै गरिन्छ।
हामी के-के उपचार गर्छौ?

KCC मा उपचार हुने रगत क्यान्सरका प्रकारहरू

हाम्रो हेमाटोलोजी टोलीले वयस्क तथा बालबालिकामा देखिने सबै प्रकारका रगत र गेडी (Lymph Nodes) को क्यान्सरको उपचार गर्दछ। हामी बिरामी र परिवारले बुझ्ने सरल भाषामा रोग र यसको उपचार बुझाउँछौँ।

ल्युकेमिया (Leukemia)

यो हड्डी भित्र हुने मसी (Bone Marrow) मा रक्तकोषहरू बन्ने प्रक्रियामा देखिने क्यान्सर हो। यसका मुख्य ४ प्रकार (ALL, AML, CLL, र CML) हुन्छन्। उदाहरणका लागि, CML लाई अहिले दैनिक एउटा चक्की औषधि (Imatinib) खाएर सामान्य जीवन जिउन मिल्ने बनाउन सकिन्छ।

लिम्फोमा (Lymphoma)

हाम्रो शरीरको प्रतिरक्षा प्रणाली र ग्रन्थिहरू (Lymph Glands) मा हुने क्यान्सर। घाँटी, काखी वा काछमा विना दुखाई गिर्खा आउनु यसको मुख्य लक्षण हो। हजकिन्स लिम्फोमा केमोथेरापीबाट पूर्ण रूपमा निको हुन सक्छ।

मल्टिपल माइलोमा (Multiple Myeloma)

हड्डीको मज्जा (Bone Marrow) मा प्लाज्मा कोषहरूको क्यान्सर। यसले गर्दा अत्यधिक हड्डी दुख्ने, रगतको कमी (एनिमिया) हुने र मिर्गौलामा समस्या देखिन सक्छ। आधुनिक औषधिहरूको सहयोगले यसको सफल नियन्त्रण सम्भव छ।

MDS र अन्य रक्त विकार

मायलोडिस्प्लास्टिक सिन्ड्रोम (MDS) र रगत बाक्लो हुने जस्ता रोगहरू नेपालमा धेरैजसो ढिलो पहिचान हुन्छन्। हाम्रो उन्नत ल्याब परीक्षण मार्फत यी रोगहरूको सटिक पहिचान गरिन्छ।

बालबालिकाको रगत क्यान्सर

बालबालिकामा देखिने ल्युकेमिया र लिम्फोमाको उपचार टाटा मेडिकल सेन्टर, कोलकाताबाट विशेष तालिमप्राप्त डा. रितु लामिछानेले गर्नुहुन्छ। बालबालिकाको ALL क्यान्सर सही उपचार पाएमा ८५% भन्दा बढी पूर्ण निको हुन्छ। यसका लागि भारत गइरहनु पर्दैन।

एप्लास्टिक एनिमिया र दुर्लभ रोग

हड्डीभित्र रगत बन्ने प्रक्रिया नै बन्द हुने (Aplastic Anaemia) जस्ता जटिल र दुर्लभ रोगहरूको व्यवस्थापन पनि KCC मा विशेषज्ञ डाक्टरहरूको निगरानीमा गरिन्छ।

आफ्नो क्यान्सरको स्पष्ट प्रकार थाहा छैन?

धेरै बिरामीहरू रिपोर्टमा "Blood Cancer" मात्र लेखिएको अवस्थामा अलमल परेर आउनुहुन्छ। हाम्रो टोलीले तपाईंको बोन म्यारो बायोप्सी र रगतको रिपोर्ट पुन: हेरेर सही रोग पत्ता लगाई सरल भाषामा बुझाउनेछ। तपाईंको रिपोर्ट नि:शुल्क प्रारम्भिक समीक्षाको लागि यहाँ ह्वाट्सएप गर्नुहोस्।

उपचारका विधिहरू

KCC मा रगत क्यान्सरको उपचार कसरी गरिन्छ?

रगत क्यान्सरको उपचार सबै बिरामीमा एउटै हुँदैन। बिरामीको उमेर, क्यान्सरको प्रकार र चरण (Stage) अनुसार छुट्टाछुट्टै योजना बनाइन्छ।

अत्याधुनिक विश्वस्तरीय प्रविधि

CAR-T सेल थेरापी (CAR-T Cell Therapy)

यो एउटा क्रान्तिकारी इम्युनोथेरापी हो जहाँ बिरामीको आफ्नै रगतको कोष (T-Cells) लाई शरीरबाट निकालेर प्रयोगशालामा क्यान्सरसँग लड्न सक्ने गरी "पुन: प्रोग्राम" गरिन्छ र फेरि शरीरमा पठाइन्छ। पहिले भारत वा विदेशमा मात्र उपलब्ध यो सेवा अहिले नेपालमै पहिलो पटक KCC ले भित्र्याएको छ।

  • कसको लागि उपयोगी: केमोथेरापीले निको नभएको वा बल्झिएको लिम्फोमा, ल्युकेमिया (ALL) र माइलोमाका बिरामीका लागि।
  • फाइदा: एक पटक मात्र सुई मार्फत दिइने र यसले क्यान्सरलाई लामो समयसम्म निको राख्न सक्छ।
  • कहाँ उपलब्ध छ: KCC सिटी क्लिनिक, नयाँ बानेश्वर, काठमाडौं।
CAR-T थेरापीबारे थप पढ्नुहोस्

केमोथेरापी (Chemotherapy)

रगत क्यान्सरको मुख्य र प्राथमिक उपचार। अन्तर्राष्ट्रिय मापदण्डका प्रोटोकलहरू (जस्तै R-CHOP, HyperCVAD) विशेष तालिमप्राप्त नर्सहरूद्वारा सुरक्षित वातावरणमा दिइन्छ।

टारगेटेड थेरापी (ट्याब्लेट औषधि)

क्यान्सर फैलाउने निश्चित तत्वलाई मात्र लक्षित गरी दिइने आधुनिक चक्की औषधिहरू। यी औषधिहरू बिरामीले घरमै बसेर खान सक्छन् र यसको साइड-इफेक्ट केमोको तुलनामा कम हुन्छ।

इम्युनोथेरापी (Immunotherapy)

ऋतुक्सिमैब (Rituximab) वा दारातुमुमैब (Daratumumab) जस्ता एन्टिबडीहरू जसले तपाईंको शरीरको आफ्नै रोग प्रतिरोधात्मक क्षमतालाई क्यान्सर कोष पहिचान गरेर मार्न मद्दत गर्दछ।

रेडिएसन थेरापी (सेकाई)

रगत क्यान्सरमा यसको प्रयोग केही विशेष अवस्थामा मात्र हुन्छ — जस्तै हड्डी दुख्ने कम गर्न वा दुखाई व्यवस्थापनका लागि। हाम्रो मुख्य अस्पताल भक्तपुर (तथाली) मा यो सेवा उपलब्ध छ।

नेपालमै पहिलो पटक सेलुलर थेरापी

KCC मा CAR-T सेल थेरापी सेवा

क्यान्सर उपचारको क्षेत्रमा विश्वकै पछिल्लो ठूलो उपलब्धी मानिएको CAR-T थेरापी अब काठमाडौंको नयाँ बानेश्वरमा रहेको KCC सेलुलर क्लिनिकमा उपलब्ध छ।

KCC सेलुलर थेरापी क्लिनिक · नयाँ बानेश्वर

CAR-T सेल थेरापी भनेको के हो?

यस प्रविधिमा बिरामीकै शरीरबाट रगत निकालिन्छ। सो रगतबाट इम्युन कोष (T-Cells) लाई छुट्ट्याएर विशेष ल्याबमा जेनेटिक इन्जिनियरिङ मार्फत क्यान्सर मार्न सक्ने 'सुपर सेल' बनाइन्छ। उक्त सेललाई फेरि बिरामीको शरीरमा सलाइन जस्तै गरी चढाइन्छ। यसले शरीरभित्र लुकेर बसेका क्यान्सर कोषहरूलाई खोजेर नष्ट गर्छ।

तपाईंको आफ्नै कोष — कुनै डोनर चाँहिदैन यसमा अरू कसैको रगत वा म्यारो चाँहिदैन, बिरामीकै कोष प्रयोग हुने हुँदा रियाक्सन हुने जोखिम कम हुन्छ।
सटिक निशाना (Targeted) यो थेरापी क्यान्सर कोषको प्रोटिन (CD19 वा BCMA) लाई मात्र चिनेर प्रहार गर्न सक्षम छ।
दीर्घकालीन सुरक्षा यी कोषहरू शरीरमा महिनौँ वा वर्षौंसम्म जीवित रहन सक्छन् र क्यान्सर फेरि बल्झिन नदिन ढालको रूपमा काम गर्छन्।
अब नेपालमै उपलब्ध KCC सिटी क्लिनिक, नयाँ बानेश्वर। अब यो सेवाका लागि महँगो खर्च गरेर भारत वा अमेरिका धाउनु पर्दैन।
हाम्रा विशेषज्ञहरू

KCC हेमाटोलोजी तथा रगत क्यान्सर टोली

नेपाल तथा विदेशका प्रतिष्ठित क्यान्सर अस्पतालहरूबाट उच्च शिक्षा र अनुभव प्राप्त डाक्टरहरू, जसले गर्दा तपाईंको परिवारले ढुक्कसँग नेपालमै उपचार पाउन सक्छ।

डा. सचीता बनिया — रगत क्यान्सर विशेषज्ञ, KCC नेपाल

डा. सचीता बनिया

हेमाटोलोजी तथा मेडिकल अंकोलोजी विशेषज्ञ

FCPS (Haematology)

रगत क्यान्सर र रक्त विकार सम्बन्धी अनुभवी विशेषज्ञ। ल्युकेमिया, लिम्फोमा, मल्टिपल माइलोमा, र सेलुलर थेरापीमा विशेष दख्खल। नेपालमा पहिलो पटक CAR-T सेल थेरापी सेवाको नेतृत्व गर्दै हुनुहुन्छ।

डा. रितु लामिछाने

कन्सल्टेन्ट बालरोग रगत क्यान्सर विशेषज्ञ

MD Pediatrics · FIAP · Fellowship (टाटा मेडिकल सेन्टर, कोलकाता)

बालबालिका तथा किशोर-किशोरीमा हुने रगत क्यान्सर र ट्युमर रोग विशेषज्ञ। दक्षिण एसियाकै नामी टाटा मेडिकल सेन्टरबाट विशेष फेलोसिप प्राप्त गरी नेपालका सन्ततीहरूलाई बचाउने सेवामा समर्पित।

निदान र प्रयोगशाला

सही रिपोर्ट — सही उपचारको जग

रगत क्यान्serमा एउटा सानो गल्तीले ठूलो असर पार्न सक्छ। गलत रिपोर्टले गलत उपचार हुन सक्छ। KCC को आफ्नै विशेष ल्याबमा रगत रोग सम्बन्धी विशेषज्ञहरू (Hematopathologists) द्वारा मात्र जाँचको अन्तिम प्रमाणीकरण गरिन्छ।

अन्य अस्पतालको रिपोर्टमा दोस्रो विचार (Second Opinion) चाहियो?

यदि तपाईंले नेपाल वा भारतका अन्य अस्पतालमा रगत क्यान्सरको रिपोर्ट गराउनुभएको छ र त्यसमा ढुक्क हुन सक्नुभएको छैन भने, हाम्रो ल्याबमा बोन म्यारोका पुराना स्लाइड/ब्लकहरू (Biopsy Slides/Blocks) पुन: जाँच (Review) गराउन सक्नुहुन्छ। थप प्रक्रिया बुझ्न यहाँ म्यासेज गर्नुहोस्

रगत जाँच — KCC
नयाँ बानेश्वर · काठमाडौं (सुगम केन्द्र)

KCC सिटी क्लिनिक — सेलुलर थेरापी सेन्टर

काठमाडौंको केन्द्र नयाँ बानेश्वरमा रहेको हाम्रो सिटी क्लिनिक विशेष गरी रगत रोगका बिरामीहरूको डे-केयर र परामर्शका लागि स्थापना गरिएको हो।

  • CAR-T सेल थेरापी प्रोग्राम: योग्यता जाँच, सेल संकलन र उपचारपछिको फलो-अप।
  • हेमाटोलोजी ओपिडी: रगत सम्बन्धी नयाँ तथा पुराना बिरामीहरूको दैनिक जाँच।
  • डे-केयर केमोथेरापी: अस्पताल भर्ना नभई केही घण्टामै केमोथेरापी चढाएर घर फर्कन मिल्ने सुविधा।
  • रगत र प्लेटलेट्स चढाउने सुविधा: क्यान्सर बिरामीका लागि आवश्यक रगत वा सेतो रगत (Platelets) ब्याकअप सपोर्ट।
  • बोन म्यारो ट्रान्सप्लान्ट (BMT) पूर्वको तयारी: HLA टाइपिंग र स्क्रिनिङ सेवा।
पक्ष (Factor) KCC नेपाल (काठमाडौं) भारतका अस्पतालहरू
आउने-जाने र बस्ने खर्च शून्य — आफ्नै देशमा घरबाटै उपचार सम्भव होटल, कुरुवा खर्च, टिकट आदिमै लाखौँ सकिने
CAR-T थेरापी प्रविधि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपलब्ध केही सीमित ठूला सेन्टरमा मात्र उपलब्ध
केमोथेरापी प्रोटोकल समान विश्वस्तरीय गाइडलाइन र औषधिहरू त्यही प्रविधि र सोही औषधि प्रयोग हुने
भाषा र संवाद नेपाली भाषामा डाक्टरसँग खुलेर कुरा गर्न पाइने भाषाको समस्या (हिन्दी/अंग्रेजी) र बुझ्न गाह्रो

* संक्षिप्त निष्कर्ष: धेरैजसो रगत क्यान्सरका बिरामीहरूका लागि भारत जाँदा हुने मानसिक र आर्थिक तनाव विना, सोही स्तरको उपचार नेपालमै थोरै खर्चमा सम्भव छ।

आम जिज्ञासाहरू

रगत क्यान्सर सम्बन्धी सोधिने प्रश्नहरू (FAQs)

यी सबै रगतकै क्यान्सर हुन् तर फरक कोषबाट सुरु हुन्छन्। ल्युकेमिया हड्डी भित्रको रक्तमज्जा (Bone Marrow) बाट सुरु हुन्छ। लिम्फोमा शरीरको रोग प्रतिरोधात्मक ग्रन्थि (Lymph Nodes) बाट सुरु हुन्छ र घाँटी, काखी आदिमा गिर्खा देखिन्छ। मल्टिपल माइलोमा प्लाज्मा कोषको क्यान्सर हो जसले हड्डी कमजोर बनाउने र मिर्गौलामा असर गर्छ।
हो, काठमाडौं क्यान्सर सेन्टर (KCC) को नयाँ बानेश्वर स्थित सिटी क्लिनिकमा यो अत्याधुनिक सेवा उपलब्ध छ। यसले नेपाली बिरामीहरूलाई विदेश जाने ठूलो खर्च र सास्तीबाट जोगाएको छ।
सबैभन्दा सजिलो तरिका, तपाईंसँग भएका पुराना रगतका रिपोर्ट (CBC), बोन म्यारो रिपोर्ट वा बायोप्सीका रिपोर्टहरू हाम्रो आधिकारिक ह्वाट्सएप नम्बर ९८१८२२६२३७ मा पठाउनुहोस्। डाक्टरले हेरेर तपाईंलाई तुरुन्त ओपिडीको समय दिनुहुनेछ।

आजै KCC मा विशेषज्ञ परामर्श लिनुहोस्

सही समयमा सही निदान नै क्यान्सर जित्ने पहिलो पाइला हो। अलमलमा नपर्नुहोस्, आफ्नो रिपोर्ट विशेषज्ञलाई देखाउनुहोस्।

मुख्य अस्पताल: तथाली, भक्तपुर | सिटी क्लिनिक: नयाँ बानेश्वर, काठमाडौं

फोन गर्नुहोस ह्वाट्सएप