CT-गाइडेड बायोप्सी, EGFR/ALK मोलेकुलर टेस्टिङ, प्रेसिजन रेडिएसन, टार्गेटेड थेरापी र इम्युनोथेरापी — सबै एकै ठाउँमा ।
सरल भाषामा
फोक्सो क्यान्सर भनेको फोक्सोमा रहेका कोषहरू अनियन्त्रित रूपमा बढ्ने अवस्था हो। यी बिग्रिएका कोषहरूले फोक्सोको सामान्य काम — सास फेर्नु — मा बाधा पुर्याउँछन्।
नेपालमा यो क्यान्सर किन बढिरहेको छ भनेमा काठमाडौंको वायु प्रदूषण, धूम्रपान र घरभित्र दाउरा-गुइँठाको धुँवा मुख्य कारण हुन्। धूम्रपान नगर्ने महिलाहरूमा पनि यो क्यान्सर हुन सक्छ।
फोक्सो क्यान्सरको सबैभन्दा ठूलो कारण। छोड्नु नै सबैभन्दा राम्रो रोकथाम।
काठमाडौं र शहरी क्षेत्रमा PM2.5 प्रदूषणले जोखिम बढाउँछ।
दाउरा-गुइँठाको चुलोको धुँवाले महिलामा जोखिम बढाउँछ।
यी लक्षणहरू देखिएमा ढिला नगरी डाक्टरलाई देखाउनुहोस्
३ हप्ताभन्दा बढी लागेको खोकी, कहिलेकाहीँ रगतसहित — यो सामान्य होइन।
थोरै काम गर्दा पनि सास फुल्ने, चढाइमा गाह्रो हुने।
छाती वा पिठ्युँमा सास फेर्दा वा खोक्दा दुख्ने।
आवाज कर्कश हुनु वा अचानक बदलिनु।
कारणबिना नै अचानक ५+ केजी वजन घट्नु।
बारम्बार छातीको संक्रमण वा निमोनिया हुने।
KCC मा आधुनिक जाँच उपकरण उपलब्ध — एकै ठाउँमा सबै जाँच
फोक्सोमा गाँठो वा असामान्य ठाउँ छ/छैन भनेर हेर्ने। धुम्रपान गर्ने उच्च जोखिमका व्यक्तिको लागि वार्षिक स्क्रिनिङ।
CT मेसिनको सहायताले फोक्सोको गाँठोबाट सानो नमूना निकालेर परीक्षण गर्ने। यो KCC मा नेपालकै उन्नत तरिकाले हुन्छ।
क्यान्सर कोषमा कुन आनुवंशिक परिवर्तन (Mutation) छ भनेर थाहा पाउन। यो जाँचले कुन उपचार — गोली वा केमो — राम्रो हुन्छ भनेर निर्धारण गर्छ।
इम्युनोथेरापी (Pembrolizumab) काम गर्छ कि गर्दैन भनेर थाहा पाउन।
क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ/छैन भनेर हेर्न (Staging)।
हरेक बिरामीको केस KCC को विशेषज्ञ टिम — सर्जन, मेडिकल ओन्कोलोजिस्ट, रेडिएसन ओन्कोलोजिस्ट र रेडियोलोजिस्ट — ले मिलेर छलफल गर्छन् र सबैभन्दा उपयुक्त उपचार योजना बनाउँछन्।
फोक्सोको सुरुवाती क्यान्सर (Stage I-II) मा सर्जरी सबैभन्दा प्रभावकारी उपचार हो। फोक्सोको क्यान्सरयुक्त भाग मात्र निकालिन्छ।
SBRT (Stereotactic Body Radiotherapy) भनेको अप्रेशन नगरी उच्च-डोज प्रेसिजन रेडिएसनले क्यान्सर नाश गर्ने विधि हो। सर्जरी गर्न स्वास्थ्यले नसहने बिरामीहरूको लागि यो उत्कृष्ट विकल्प हो।
EGFR वा ALK Mutation भएको फोक्सो क्यान्सरमा मुख बाटो खाने गोलीले (Osimertinib, Alectinib, Gefitinib) उपचार हुन्छ। यो केमोथेरापीभन्दा कम दुष्प्रभाव भएको प्रभावकारी उपचार हो।
नेपाली महिलाका लागि महत्त्वपूर्ण: धूम्रपान नगर्ने महिलाहरूमा EGFR Mutation फोक्सो क्यान्सर बढी हुन्छ। मोलेकुलर टेस्टिङले यो पत्ता लगाएर गोलीको उपचार सुरु गर्न सकिन्छ। KCC मा परामर्श लिनुहोस्।
Pembrolizumab (Keytruda), Nivolumab — यी औषधिहरूले शरीरको आफ्नै रोगप्रतिरोधात्मक क्षमतालाई क्यान्सर विरुद्ध लड्न सक्षम बनाउँछन्। PD-L1 उच्च भएका बिरामीमा निकै राम्रो नतिजा।
Platinum-based संयोजन (Carboplatin + Paclitaxel, Pemetrexed) — अन्य थेरापीसँग मिलाएर वा एक्लै दिन सकिन्छ। KCC मा IV-infusion सुविधा उपलब्ध।
KCC का विशेषज्ञहरूद्वारा लिखित — नेपाली बिरामी र परिवारको लागि
बिदेश वा भारत जानु अघि एकचोटि KCC मा परामर्श लिनुहोस्
EGFR, ALK, ROS1, PD-L1 , NGS — सबै जाँच KCC मा
— नेपालमै उपलब्ध।
नेपालमै इन्टरभेन्सनल रेडियोलोजिस्ट द्वारा।
KCC को फोक्सोको ब्रेकि-एब्लेसन अनुसन्धान ABS(American Brachytherapy Society) जर्नलमा प्रकाशित।
फोक्सो क्यान्सरको रिपोर्ट छ भने तुरुन्त व्हाट्सएपमा पठाउनुहोस्। हाम्रा विशेषज्ञहरूले छिटो जवाफ दिनेछन्।
📍 ताथली, भक्तपुर (रिङ रोड पिकअप उपलब्ध)