New KCC City Clinic —  New Baneshwor → is now open.
पुरुष स्वास्थ्य — युरो-अंकोलोजी सेवा

प्रोस्टेट ग्रन्थीको क्यान्सर:
बिना अप्रेसन अत्याधुनिक उपचार

नेपालमा ५० वर्ष कटेका पुरुषहरूमा प्रोस्टेट ग्रन्थीको समस्या सामान्य मानिन्छ। तर सबै समस्या साधारण हुँदैनन्। राम्रो कुरा के छ भने, आधुनिक चिकित्सा विज्ञानमा प्रोस्टेट क्यान्सरको उपचार **अत्यधिक सफल र सहज** मानिन्छ। यसका लागि ठूलो अप्रेसन वा पेट चिरिरहनु पर्दैन; रेडिएसन, हर्मोन थेरापी र नयाँ औषधिहरूबाटै यो रोग पूर्ण नियन्तरणमा आउँछ।

IMRT अत्याधुनिक सेकाई (बिना पीडा) हर्मोन थेरापी (ADT) र आधुनिक औषधि वृद्ध उमेरका लागि सुरक्षित विकल्प
प्रोस्टेट ग्रन्थीको क्यान्सर उपचार काठमाडौं नेपाल

५० वर्ष कट्नुभएका बुबाहरूको लागि महत्त्वपूर्ण जानकारी

प्रोस्टेट क्यान्सरको सुरुवाती चरणमा कुनै पनि लक्षण देखिँदैन। जब पिशाब फेर्न गाह्रो हुने, राती धेरै पटक पिशाब लाग्ने वा पिशाबमा अवरोध हुने जस्ता लक्षण देखिन्छन्, त्यतिबेला सम्म रोग बढिसकेको हुन सक्छ। त्यसैले ५० वर्ष पुगेका प्रत्येक पुरुषले वर्षमा एक पटक साधारण रगत जाँच अर्थात् **PSA (Prostate-Specific Antigen)** टेस्ट गर्नैपर्छ।

KCC क्यान्सर स्क्रिनिङ (जाँच) सेवा र प्याकेजहरू यहाँ हेर्नुहोस्
निको हुने दर उच्च (Highly Treatable)

किन प्रोस्टेट क्यान्सरसँग डराउनु पर्दैन?

अरू क्यान्सरको तुलनामा प्रोस्टेट ग्रन्थीको क्यान्सर निकै बिस्तारै फैलिन्छ। आधुनिक प्रविधि र औषधिहरूको विकासले गर्दा यो क्यान्सर भइसकेपछि पनि बिरामीहरू थोरै उपचारको मद्दतले १०, १५ वा २० वर्षसम्म पूर्ण रूपमा स्वस्थ र सामान्य जीवन जिउन सक्छन्। कतिपय सुरुवाती चरणको क्यान्सरमा त तुरुन्त कुनै उपचार नै नगरी केवल कडा निगरानी (Active Surveillance) मा मात्र राखेर पनि पुग्छ।

बिना चिरफार आधुनिक प्रविधि

KCC मा उपलब्ध आधुनिक प्रोस्टेट क्यान्सर उपचार विधि

हाम्रो अस्पतालमा पाका उमेरका बिरामीहरूको शारीरिक अवस्थालाई मध्यनजर गर्दै शरीरलाई कष्ट नहुने र पीडारहित आधुनिक विधिहरूमा बढी जोड दिइन्छ:

१. अत्याधुनिक रेडिएसन (IMRT / LINAC)

यसमा अत्याधुनिक मेसिनको प्रयोग गरेर बाहिरबाट प्रोस्टेट ग्रन्थी रहेको ठाउँमा मात्र सटिक सेकाई गरिन्छ। यो विधिको फाइदा के छ भने बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन, दुखाई हुँदैन र यसको प्रभावकारिता ठूलो अप्रेसन सरह नै हुन्छ। वृद्ध बिरामीका लागि यो सर्वोत्तम र सुरक्षित विकल्प हो।

२. हर्मोन थेरापी (ADT)

प्रोस्टेट क्यान्सरका कोषहरू बढ्नको लागि पुरुष हर्मोन (Testosterone) को आवश्यकता पर्छ। हर्मोन थेरापी (इंजेक्शन वा चक्की औषधि) मार्फत यो हर्मोनलाई उत्पादन हुनबाट रोकिन्छ, जसले गर्दा क्यान्सरका कोषहरू सुकेर र ओइलाएर जान्छन्। यो सेवा KCC मा सहजै उपलब्ध छ।

३. नयाँ जमानाका आधुनिक औषधिहरू

यदि क्यान्सर हर्मोन थेरापी दिएर पनि नियन्त्रण बाहिर जान खोज्यो भने विश्व बजारमा आएका पछिल्ला अत्याधुनिक औषधिहरू जस्तै **Enzalutamide (एन्जालुटामाइड)** र **Abiraterone (एबिराटेरोन)** जस्ता एन्टि-एन्ड्रोजेन चक्की औषधिहरू प्रयोग गरिन्छ। यी चक्की बिरामीले घरमै बसेर खान सक्छन्।

शल्यक्रिया (Surgery) कुन बेला गरिन्छ?

केही सीमित युवा उमेरका बिरामीहरू (जसको क्यान्सर प्रोस्टेट ग्रन्थीभित्र मात्रै सीमित छ) मा मात्र अप्रेसन (Radical Prostatectomy) को सल्लाह दिइन्छ। धेरैजसो पाका उमेरका बिरामीका लागि रेडिएसन र हर्मोन थेरापी नै बढी सुरक्षित, सफल र स्थापित उपचार विधि हो।

प्रोस्टेट क्यान्सर: काठमाडौं क्यान्सर सेन्टर (KCC) र भारत बीच तुलना

प्रोस्टेट क्यान्सरको उपचार महिना सम्म चल्ने हर्मोन वा दैनिक केही मिनेटको सेकाई (Radiation) हुने भएकाले घर नजिकै उपचार गर्नुको ठूलो फाइदा हुन्छ:

पक्ष (Factor) KCC (भक्तपुर/काठमाडौं) भारतका अस्पतालहरू
लामो समयको बसाई खर्च शून्य — हर्मोन सुई लगाएर वा दैनिक केही मिनेट सेकाई गरेर बिरामी आफ्नै घर फर्किन सक्छन्। हप्ता वा महिना दिन सम्म होटलमा बस्नुपर्दा लाखौँ रुपैयाँ बस्ने-खाने खर्चमै सकिन्छ।
वृद्ध बिरामीको मानसिक अवस्था आफ्नै छोराछोरी, नातिनातिना र चिनेको वातावरण पाउँदा बिरामी मानसिक रूपमा बलियो हुन्छन्। परदेशको गर्मी, नयाँ ठाउँ र भाषा नमिल्दा बुढाबुढी बिरामीहरू थप गल्ने र आत्तिने गर्छन्।
औषधिको उपलब्धता Enzalutamide वा Abiraterone जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका आधुनिक औषधि नेपालमै सहजै पाइन्छ। समान गाइडलाइन र समान ब्रान्डका औषधिहरू त्यहाँ पनि दिइने हो।
आम जिज्ञासाहरू

प्रोस्टेट ग्रन्थीको क्यान्सर सम्बन्धी सोधिने प्रश्नहरू (FAQs)

ग्यारेन्टी हुँदैन। उमेर बढ्दै जाँदा पुरुषहरूको प्रोस्टेट ग्रन्थीको आकार बढ्नु (BPH) सामान्य प्रक्रिया हो, जुन क्यान्सर होइन र साधारण औषधिले निको हुन्छ। तर लक्षण उस्तै हुने भएकाले यो क्यान्सर हो कि सामान्य बुढ्यौलीको समस्या हो भनेर छुट्याउन PSA रगत जाँच र डाक्टरको सल्लाह अनिवार्य हुन्छ।
प्रोस्टेट क्यान्सरको आधुनिक उपचार (रेडिएसन र हर्मोन थेरापी) मा कुनै ठूलो सर्जरी वा बेहोस पार्नु नपर्ने भएकाले यो ८०–८५ वर्षका वृद्ध बुबाहरूका लागि पनि पूर्ण रूपमा सुरक्षित र सफल हुन्छ। उमेर धेरै भयो भनेर उपचार नगरी बुबालाई कष्टमा राख्नु पर्दैन।
यदि तपाईंको बुबाको भिडियो एक्सरे (USG), PSA रिपोर्ट वा बायोप्सी भइसकेको छ भने ती रिपोर्टहरू हाम्रो आधिकारिक ह्वाट्सएप नम्बर ९८१८२२६२३७ मा पठाउनुहोस्। हाम्रा युरो-अंकोलोजी (मत्ररोग क्यान्सर) विशेषज्ञ डाक्टरहरूले हेरेर तपाईंलाई सही मार्गनिर्देशन गर्नुहुनेछ।

बुबाहरूको स्वास्थ्यमा हेलचेक्र्याइँ नगरौँ

पिशाबको समस्या वा लुकाएर राखिएको दुखाई क्यान्सर हुन सक्छ। समयमै गरिएको एउटा साधारण रगत जाँच (PSA) ले बुबाको जीवन बचाउन सक्छ।

मुख्य अस्पताल: तथाली, भक्तपुर | सिटी क्लिनिक: नयाँ बानेश्वर, काठमाडौं

फोन गर्नुहोस् ह्वाट्सएप