क्यान्सर रोगको उपचार 


क्यान्सर रोगको उपचार गर्ने मुख्य पद्दतीहरु 

शल्यक्रिया - सर्जरी / अपरेसन
विकिरणबाट उपचार - रेडियोथेरापी
क्यान्सरका औषधी - किमोथेरापी
हर्मोनको प्रयोग - हर्मोनल थेरापी
नयाँ औषधीको प्रयोग - टार्गेटेड थेरापी , इम्युनोथेरापी

कुन कहिले कसरी गर्ने भन्ने कुरा बिरामी र उहाँको रोगमा भर पर्छ ।क्यान्सर एउटै ठाँउ/अँगमा मात्र छ भने त्यहीँ मात्र उपचार गरे पुग्छ - त्यसका लागी शल्यक्रिया वा रेडियोथेरापी गरिन्छ ।
यदि अन्य ठाँउमा/अँगमा फैलिएको अवस्थाको क्यान्सर भए शल्यक्रिया, रेडियोथेरापी साथै किमोथेरापी र हर्मोन थेरापी गर्न जरुरी हुन्छ ।तर केही अवस्थामा यि सबै उपचार प्रविधी सँगसँगै प्रयोगमा आउँछन् ।

क्यान्सरको उपचारमा बिभिन्न तरिका प्रयोग गरिन्छ

शल्यक्रिया धेरै अंगहरुका क्यान्सरमा शल्यक्रिया प्रमुख उपचार प्रविधि हो । यदी सो अँगबाट बाहिर फैलिएको छैन भने अपरेसन गरेर पुर्ण रुपमा सो रोग निकालिन्छ । क्यान्सर कति ठूलो थियो र अन्य मापदण्डहरू हेरेर शल्यक्रिया पछी रेडियोथेरापी, किमोथेरापी वा दुबै चाहिन्छ कि चाहिँदैन हेरेर त्यही अनुसार थप गरिन्छ ।

रेडियोथेरापी रेडियोथेरापीमा शक्तिशाली एक्सरेको प्रयोगले क्यान्सरका कोषहरूलाई नष्ट गरिन्छ । हाम्रो अस्पतालमा रहेको उच्च प्रविधीको मेसिन (लिनियर एसिलिरेटर- लिनाक्) बाट क्यान्सरमा मात्र पर्ने गरि एक्सरे निस्किन्छ- जसले गर्दा वरिपरिका क्यान्सर नफैलिएको अंगमा कम असर पर्छ । केही हप्ता हरेक दिन (शुक्रवार-शनिवार बाहेक) रेडियोथेरापी गरिन्छ र धेरै जना बिरामीले सजिलैसँग यो उपचार लिन सक्नुहुन्छ ।

किमोथेरापी क्यान्सरको उपचारमा प्रयोग हने औषधीहरू उपलव्ध छन् । ति औषधीको प्रयोग गर्ने प्रविधीलाई किमोथेरापी भनिन्छ । किमोथेरापी औषधीहरू सुइबाट नशामा लगाइन्छ वा मुखबाट खान मिल्छ । अहिले बिभिन्न प्रकारका किमोथेरापी बनेका छन् । हरेक औषधीको प्रयोग गर्ने तरिका फरक हुन्छन् - साथै किमोथेरापीले गर्ने दुष्प्रभावहरू पनि फरक हुन्छन् । कुन किमोथेरापी प्रयोग गर्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवश्था र उमेरको आधारमा गरिन्छ । किमोथेरापीका कारण हुन सक्ने दुष्प्रभावहरु निर्मुल गर्न औषधीहरू भएकाले धेरै जसो बिरामीले किमोथेरापी पनि सजिलै लिन सक्नुहुन्छ ।

हर्मोन थेरापी केही क्यान्सरहरू शरिमा उत्पादन हुने हर्मोनमा भर पर्ने हुन्छन् । त्यस्ता प्रकारका क्यान्सरहरूमा हर्मोनको प्रयोग गरिन्छ जसले गर्दा ति क्यान्सरहरूको वृद्घि रोकिन्छ ।

टार्गेटेड थेरापी केही बर्ष अघि नयाँ प्रविधीका औषधीहरू विकाश भएका छन् । ति औषधीहरुले क्यान्सर बनाउने कोषहरूमा मात्र काम गर्ने भएकाले निकै कम दुष्प्रभावहरू पर्छन् । अहिले सम्म केही क्यान्सरहरूमा मात्र ति औषधीहरूले काम गर्दछन् । समयसँगै यी औषधीहरू अरु क्यान्सरका लागी पनि बन्नेछन् भनेर आश गर्न सकिन्छ ।

Talk to your case manager.

About Us | Our Doctors | Our Location | Site Map

© Copyright 2021 Kathmandu Cancer Center, Tathali Nala Road Bhaktapur.
Phone 01-5091629 Email: [email protected] Website: www.KCCRC.org

The website was created with Mobirise themes