किमोथेरापी/Chemotherapy (FAQ)

  • के हो किमोथेरापी ? 
    किमोथेरापी भनेको विशेष प्रकारको औषधि द्वारा क्यान्सरको उपचार गर्ने प्रकृया हो ।यसमा प्रयोग हुने औषधीहरुलाई किमोथेरापीका औषधी भन्दछन्।
  • किमोथेरापी कुन स्थितीको क्यान्सरमा प्रयोग हुन्छ?
    किमोथेरापी क्यान्सरको प्रकृति हेरेर निर्धारण गरिन्छ।कुनै क्यान्सरहरुमा रोग भट्ना साथ किमोथेरापी प्रयोग गरिन्छ भने, अरु क्यान्सरहरुमा अपरेसन पछि, अथवा रेडियसन सँगै/ पछि दिइन्छ।
  • किमोथेरापी नलिँदा के हुन्छ?
    तपाईको डाक्टरले किमोथेरापी चाहिन्छ भन्नु भएको छ भने किमोथेरापी लिनै पर्छ।लिनुभएन भने क्यान्सर फैलिदै गएर अरु समस्याहरु थपिन सक्छन् ।
  • किमोथेरापी लिनलाई अस्पतालमा भर्ना हुनु पर्छ ?
    यो कुरा किमोथेरापीको प्रकार र तपाईलाई चाहिने मात्रामा भर पर्छ ।बिहान आएर किमोथेरापी पाएर बेलुका घर फर्किने किमोथेरापीलाई ‘डे केयर किमोथेरापी’ भन्छन् भने भर्ना भएर लिने किमोथेरापीलाई ‘ईन-पेसेन्ट किमोथेरापी’ भन्दछन्।
  • किमोथेरापी कसरी दिइन्छ ?
    किमोथेरापी कि त खाने गोली औषधि हुन्छ कि त रगतका नशाबाट दिइन्छ।ईन्जेक्सनबाट दिनु पर्ने खण्डमा वार्डमा नर्सले सुई लगाइदिनु हुन्छ, र त्यसबाट औषधि जान्छ ।
  • किमोथेरापीमा कतिवटा औषधी कहिले सम्म लिनु पर्दछ ?
    औषधिहरु कतिवटा र कहिलेसम्म लिनु पर्दछ भन्ने कुरा आफ्नो डाक्टरलाई सोध्नुहोस् । कुनै किमोथेरापी केहि मिनेटमा सकिन्छन् भने कुनै किमोथेरापी ३-४ दिनसम्म चल्छन्।
  • किमोथेरापी त महँगो हुन्छ रे ?
    होइन, सबै किमोथेरापीका औषधिहरु महँगा हुँदैनन्। केही महँगा औषधी पक्कै छन् तर कुन किमोथेरापीले सबै भन्दा फाइदा गर्छ त्यो बारेमा सल्लाह गरेर मात्र उपचार सुरु गरिन्छ ।
  • किमोथेरापी लगाउँदा प्रतिकुल असरहरु हुन्छ ?
    हो, किमोथेरापीका कारण विभिन्न प्रतिकुल असरहरु देखिन सक्छन, तर यि असरहरु सबैलाई हुन्छ नै भन्ने चै होईन । तपाईको उमेर, तौल, पोषणले फरक पर्छ । आफुलाई हुन सक्ने असरका बारेमा डाक्टरसँग सल्लाह गर्नुहोस्।
  • किमोथेरापीका प्रतिकुल असरहरु के के हुन् र कसरी सामना गर्ने ?
    कमजोरी: किमोथेरापी पछि शरिरमा ताकत नभएको जस्तो, कमजोरी हुनु धेरै जनालाई हुन्छ।अलिअलि कशरत गर्नुहोस् , पोषिलो खाना खानुहोस् ।आफुजस्तै अरु विरामीहरुसँग कुरा गर्नुहोस् , चिन्ता नगर्नुहोस् , किमोथेरापी सकिए पछि ठिक हुन्छ ।
  • वाक्‌वाक् लाग्नु, उल्टी हुनुकिमोथेरापीको प्रकृति अनुसार कसैकसैलाई वाक्‌वाक् लाग्ने, उल्टि हुने हुन सक्छ । यसलाई रोक्ने औषधि किमोथेरापी दिनु अघि नै दिइन्छ ।
  • पखाला लाग्नुकुनै कुनै किमोथेरापीले पखाला लाग्छ । जिवनजल र झोल पदार्थ प्रशस्त पिउनुहोस् धेरै भयो भने तुरुन्त अस्पताल आउनुहोला।
  • खाना खान मन नलाग्नु: किमोथेरापी लिइसके पछि खानेकुरा खान रुचि हराउन सक्छ । त्यसो भयो भने थोरै थोरै गरेर पटक पटक खानुहोस् , हल्का फुल्का खाने गर्नुहोस् , चिन्ता नगर्नुहोस, किमोथेरापी सकिए पछि खानाको रुची बढेर  आउँछ ।
  • दुख्‍नुकिमोथेरापीका कारण सुई लगाएको ठाँउमा दुख्‍नु, पुरै शरिरमा दुखेको जस्तो हुनु, झम्‌झम् हुनु किमोथेरापीका प्रतिकुल असरहरु हुन् । यस्तो भयो भने आफ्नो डाक्टरसँग भन्नुहोस्, औषधिले ठिक गर्छ।
  • ज्वरो आउनु:किमोथेरापीका कारण शरिरको रोगसँग लड्ने क्षमतामा कमि आउन सक्छ, यस्तो भयो भने ज्वरो आउँछ ।किमोथेरापी लगाए पछि ज्वरो आयो भने तुरुन्त अस्पताल आउनु पर्छ।
  • रगतको कमी हुनु: किमोथेरापी लगाउनु अघि र लगाइसके पछि रगत जचाउनु पर्छ । किमोथेरापीले रगतको कमि गराउन सक्छ। रगतको कमी भएको खण्डमा रगत चढाउनु पर्न सक्छ ।
  • छालामा समस्या:किमोथेरापी लगाउन सुई लगाएको ठाँउमा दागहरु देखिन सक्छन् , किमोथेरापी लगाएको रगतको नशा सुक्न सक्छ ।छाला सुख्खा हुन सक्छ, त्यसका लागी सामान्य क्रिम लगाउनुहोस् ।
  • यौन / प्रजनन:किमोथेरापीका कारण कसैकसैलाई यौन चाहना घटेर जान्छ , महिलाहरुको योनी सुख्खा भएर समस्या आउन सक्छ ।अर्को कुरा के याद गर्नु पर्छ भने क्यान्सर सर्ने रोग होइन र यो सबै लक्षणहरु अस्थायी हुन् ।केहि किमोथेरापीका औषधीले महिला र पुरुषको प्रजनन शक्ति घटेर जान्छ, जुन स्थायी वा अस्थायी हुन सक्छ ।
  • कपाल झर्नु:किमोथेरापी पाइरहेकाहरु मध्य कसैकसैको कपाल झर्न सक्छ । कसैको कपाल पातलो भएर जान्छ भने कसैको सबै कपाल झर्छ ।किमोथेरापी सकिए पछि धेरै जसोको कपाल फेरी पलाउँछ । त्यसैले टोपी लगाउनुहोस् , सामान्य स्याम्पु प्रयोग गर्नुहोस् , अनि नरम ब्रशले कपाल कोर्नुहोस् 

किमोथेरापी र रेडियोथेरापी गराउने बिरामीको लागी पौष्टिक खानेकुराको जानकार

दैनिक ३ छाक भोजनको साटो ७-८ वटा साना साना भोजनहरू गर्नुहोस् ।
दिन भरमा २-३ लिटर झोल कुरा पिउनुहोस्, जस्तै पानी, दाल, दुध, नरिवल पानी, जिवनजल, आदि।
खाना चपाउन वा निल्न गाह्रो हुन्छ भने खानालाई धेरै बेर पकाएर गिलो बनाएर, चिसो बनाएर खानुहोस् ।
मुखमा घाउहरू आएको छ भने धेरै अमिलो, पिरो वा मसला भएको खानेकुरा नखानुहोस् ।
पोषणको लागी प्रोटिन पाउडर पिउनु पर्ने भए पाउडरलाई दूध वा पानीमा घोलेर खालि पेटमा पिउनुहोला ।
सडक छेउमा पाइने खानेकुरा, राम्रो सँग नपकाएको खानेकुराबाट पेटको सङ्क्रमण हुन सक्छ, नखानुहोला ।
कुनै पनि अन्य जानकारी चाहिए सधैं उपलब्ध हुने डाक्टर वा स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोला। यहाँको उपचार सहज गराउन हामी तत्पर छौं ।

Talk to your case manager.

About Us | Our Doctors | Our Location | Site Map

© Copyright 2021 Kathmandu Cancer Center, Tathali Nala Road Bhaktapur.
Phone 01-5091629 Email: [email protected] Website: www.KCCRC.org

Website was made with Mobirise site themes