महिलामा देखिने क्यान्सर बारे कुराकानी
काठमाण्डौ क्यान्सर अस्पतालका गाईने अन्कोलोजिष्ट डा सुरेश कायस्थसंग महिलामा हुने प्रजनन अंगको क्यान्सरका कारण, बच्ने उपाय र उपचार विधि - भिडियो वार्ता ।
महिलाहरूको सन्तान जन्माउने मुख्य अंगहरू वा प्रजनन अंग भन्नाले पाठेघर, डिम्बासय, डिम्बनली र योनी जस्ता अंगहरूमा देखिने क्यान्सरहरूलाई नै प्रजनन अंग सम्बन्धिको क्यानसर भनेर बुझिन्छ। यसमध्ये नेपालमा पाठ्ठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा आउँछ। यस्ता अंगहरूमा हुने क्यान्सर, यसका लक्षण, उपचार तथा जोखिमबाट बच्न सम्भव छ ।